भारतबाट आउने सबैले अनिवार्य १० दिन आइसोलेसनमा बस्नुपर्ने 

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

भारतका नाका हुँदै नेपाल आएका संक्रमितहरुसमेत खुला रुपमा हिँड्डुल गरेको पाइएपछि मन्त्रालयले आज यस्तो निर्देशन दिएको हो । लक्षण देखिएका संक्रमितलाई अस्पताल र नदेखिएकाहरुलाई पनि १० दिन अनिवार्य आइसोलेसन सेन्टरमा राख्न मन्त्रालयको निर्देशन छ ।

आइसोलेसन सेन्टरमा राखेबापत प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले सोधभर्ना रकम उपलब्ध गराउने समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयले नाका जोडिएका हेल्थ डेस्कबाट नजिक पर्ने १४ वटा अस्पतालमा रिफर गर्न समेत निर्देशन दिएको छ ।

सात प्रदेशमा रिफर गर्न निम्न अस्पतालहरु तोकिएको छ–
१. मेची अस्पताल
२. कोसी अस्पताल
३. इलाम अस्पताल
४. नारायणी अस्पताल
५. सिरहा अस्पताल
६. रौतहट अस्पताल
७. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
८. सिन्धुपाल्चोक अस्पताल
९. रसुवा अस्पताल
१०. भीम अस्पताल
११. कपिलवस्तु अस्पताल
१२. भेरी अस्पताल
१३. महाकाली अस्पताल
१४. सेती प्रादेशिक अस्पताल

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech