भारतीय सेनाले दियो एक लाख डोज खोप

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

काठमाडौंः नेपाली सेनाले भारतीय सेनाबाट १ लाख डोज कोभिड खोप ‘कोभिसिल्ड’ प्राप्त गरेको छ। भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको उक्त खोप आइतबार काठमाडौं आइपुगेको हो।

कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भारतीय सेनाले उपलब्ध गराएको उक्त खोप केही दिनमा औपचारिक हस्तान्तरण हुने नेपाली सेनाले जानकारी दिएको छ।

कोभिसिल्ड खोप नेपाल सरकारले समेत प्रयोग गरिरहेको खोप हो। अक्सफोर्ड र एस्ट्राजेनिकाले विकास गरेको यो खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो।

स्वास्थ्य मन्त्रालयले सेनाले प्राप्त गरेको उक्त खोप कसरी, कहिले प्रयोग गर्ने भन्नेबारे सेनाले नै निर्णय गर्ने जनाएको छ। औषधि व्यवस्था विभागले उक्त खोप सबै प्रक्रिया पुरा गरेर उपलब्ध गराएको बताएको छ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech