फेरि संक्रमितको संख्या तीन अंकमा पुग्यो

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार १ सय २२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ६४ हजार २ सय ६८ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २७ छ। हाल ५६ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ८२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech