कोरोना विरुद्धको खोप आज चीनबाट नेपाल ल्याइँदै

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

काठमाडौंः कोरोना विरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो ।

सो जहाज सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिनुभयो ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech