२१०१ जनाको नमूना परीक्षण गर्दा ८९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०७७, आईतवार

काठमाडौं:गएको २४ घण्टामा देशभर ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार १०१ जनाको पिसिआर परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको छ । आइतबार ९५ जना उपचारपछि डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

हालसम्म कोरोना संक्रमणबाट ३ हजार २७ जनाले ज्यान गुमाएका छन् । देशभर १ हजार २८२ जना सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech