भारतमा कोरोना भाइरस संक्रमण तिब्र, एकैदिन ६२ हजार बढीमा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०७७, आईतवार

काठमाडौं:भारतमा कोरोना भाइरस संक्रमण तिब्र रुपमा बढिरहेको छ ।

केहि सातायता संक्रमण ब्यापक बढिरहेको भारतीय संचारमाध्यामले जनाएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमित संख्या भारतमा करिब १ करोड १९ लाख बढी पुगेको छ । यो अवधिमा करिब ३१२ जनाले कोभिड संक्रमणकै कारण ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

संक्रमण तिब्र रुपमा बढ्न थालेपछि भारतका विभिन्न राज्यहरुमा कफ्यू,आंशिक लकडाउन जारी गरिएको छ । महाराष्ट्रमा रात्रीकालिन कफ्यू लगाइएको छ भने दिल्लीमा आंशिक लकडाउन जारी गरिएको बीबीसीले जनाएको छ ।

हालसम्म १ करोड १३ लाख २३ हजार संक्रमित निको भएका छन् भने करिब १ लाख ६१ हजार संक्रमितको मृत्यु भएको छ । भारतमा करिब ६ करोड २ लाख बढी नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् ।

४ लाख ८६ हजार सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको बीबीसीले जनाएको छ ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech