फागु पूर्णिमा अर्थात होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध

    • स्वास्थ्य पेज

  • १५ चैत्र २०७७, आईतवार

काठमाडौं: यसवर्षको फागु पूर्णिमा अर्थात होली पर्व घरमै बसेर मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

भारतमा कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि त्यसको जोखिम नेपालमा समेत पर्नसक्ने भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।

मन्त्रालयले सामाजिक सन्जाल मार्फत होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौं, माया बाँडौं, कोरोना होइन भन्ने सन्देश सहित सबैलाई घरमै बसि होली मनाउन अनुरोध गरेको हो ।

यसैबिच संक्रमणको जोखिम बढेको भन्दै विभिन्न जिल्लाका प्रशासन कार्यालयहरुले समेत सूचना जारी गर्दै फागु पूर्णिमा अर्थात होली पर्व घरमै बसि मनाउन अनुरोध गरेका छन् ।

यसवर्षको होली पहाडमा आज र तराईमा भोली मनाइदै छ।

  • १५ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech