कर्णालीका सबै जिल्लामा कोभिड अस्पताल र पालिकामा उपचार केन्द्र

    • स्वास्थ्य पेज

  • १६ चैत्र २०७७, सोमबार

सुर्खेतः कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण विरुद्ध तयारी सुरु भएको छ । कोरोना प्रभावित भारतबाट कर्णालीबासी भित्रिनेक्रम बढेपछि पूर्वसावधानी अपनाइएको हो । प्रदेश सरकारले १० वटै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने भएको छ ।

जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने तयारी भएको सरकारका प्रवक्ता विमला केसीले बताउनुभयो । भारतलगायतका देशमा पुनः कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न जाने भएकाले कोरोना नियन्त्रण गर्न कर्णाली प्रदेश प्रवेश गर्ने नाकामा चेकजाँचमा कडाइ गर्ने निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

‘रोजगारीका लागि भारत गएका नागरिक दिन प्रतिदिन नेपाल फर्कंदैछन्,’ प्रवक्ता केसीले भन्नुभयो, ‘घर फर्कने नागरिकको मोबाइल नम्बर, स्पष्ट ठेगानाको अभिलेख राखी उपलब्ध गराउने व्यवस्थाका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई समन्वयात्मक निर्देशन गरिएको छ ।’

  • १६ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech