डा अजित मल्लिकको आन्दोलनमा सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालको ऐक्यबद्धता

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७७, शनिबार

काठमाडौं: सोसाइटी अफ मेडिकल स्टुडेन्ट नेपालले डा अजित मल्लिकको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ। डा मल्लिकले कोभिड भत्ता पाउनुपर्ने भन्दै सुरु गरेको आन्दोलनप्रति सोसाइटीले ऐक्यबद्धता जनाएको हो ।

कोभिड महामारीमा जोखिम मोलेर खटिएका चिकित्सक डा मल्लिकको एक वर्ष भइसक्दा पनि कोभिड भत्ता उपलब्ध गराउनका लागि कुनै पहल नभएको भन्दै उनको आन्दोलनमा ऐक्यबद्धता जनाएको सोसाइटीका महासचिव निराजन यादवले जानकारी दिनुभयो ।

सिभिल अस्पतालमा कार्यरत डा मल्लिकले कोभिड भत्ता नपाएको भन्दै बिहीबारदेखि एक्लै धर्ना सुरु गरेका थिए।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech