भारतबाट फर्किएका बर्दियाका ४१ वर्षिय पुरुषमा कोभिड संक्रमण पुष्टी

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७७, शनिबार

नेपालगन्ज : भारतको महाराष्ट्रबाट नेपाल फर्किएका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

बर्दिया बढैयाताल १ डाँफेका ४१ वर्षिय पुरुषमा कोभिड संक्रमण पुष्टी भएको बाँकेका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

नेपालगन्जको जमुनहा नाकामा स्वास्थ्य परीक्षण गर्दा उनमा भाइरस संक्रमण पुष्टी भएको हो ।

यसैबीच शनिवार जमुनहा नाका हुँदै ३ सय ८२ जना नेपाल प्रवेश गरेका छन् ।

दिउँसो ३ बजेसम्म २ सय ८५ जना पुरुष , ७८ जना महिला र १९ जना बच्चाहरु नेपाल प्रवेश गरेको ओलीले जानकारी दिनुभयो । नेपाल प्रवेश गरेका सबैको स्वास्थ्य परीक्षण गरिएको थियो ।

भारतबाट फर्किएका व्यक्तिहरूमा कोरोना संक्रमण देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेकाे छ ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech