२७४५ नमूना परीक्षण गर्दा ८५ जनामा कोभिड संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७७, शनिबार

काठमाडौं: शनिबार देशभर ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ७४५ जनाको पीसीआर परीक्षण गर्दा उनिहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ । शनिबार कोभिड संक्रमणबाट निको भएर ९३ जना डिस्चार्ज भएका छन् ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमणबाट निको हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ । १ हजार २८८ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ३ हजार २७ जनाले ज्यान गुमाएका छन् ।

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech