होली घरमै मनाउन बाँके प्रशासनको अनुरोध, मेला महोत्सव अर्को निर्णय नभएसम्म गर्न नपाइने

    • स्वास्थ्य पेज

  • १४ चैत्र २०७७, शनिबार

 

नेपालगन्ज: जिल्ला प्रशासन कार्यालय बाँकेले यस वर्षको फागु पूर्णिमा अर्थात होली पर्व आ-आफ्नै घरमा मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ ।

कार्यालयले शनिबार एक सूचना जारी गर्दै कोभिड संक्रमणको जोखिम कायम नै रहेकाले घर बाहिर निस्कदा तथा सार्वजनिक स्थान, सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, सेनिटाइजर र सामाजिक\भौतिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको हो ।

सूचनामा जनस्वास्थ्य मापदण्ड पालना नगर्ने र होलि मनाउन सार्वजनिक स्थानमा भिडभाड गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाहि गरिने भनिएको छ ।

यसैबिच प्रशासन कार्यालयले जारी गरेको सूचना आफ्नो फेसबुकमा सेयर गर्दै प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अर्को निर्णय नभएसम्म जिल्लाभर मेला महोत्सव, सेमिनार निषेध गरिएको जानकारी दिनुभएको छ ।

हेर्नुहोस् प्रशासनले जारी गरेको सूचना

  • १४ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech