डुडुवामा ४४ हजार बढीलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य

    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७७, शुक्रबार
डुडुवामा ४४ हजार बढीलाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य

नेपालगन्ज:बाँकेको डुडुवा गाउँपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने अभियानको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ।

बाँकेमा यही चैत २० गतेदेखि हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ ।

अभियानबारे जानकारी दिन आज नेपालगन्जमा आयोजित संचारकर्मीसंगको अभिमुखिकरणमा पालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकरी दिनुभयो ।

डुडुवा गाउँपालिकाका ४४ हजार २१ जनालाई हातिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ ।

त्यसका लागि ६० जना स्वास्थ्यकर्मी र ५९ जना महिला स्वास्थ्य स्वमसेबिका खटिने छ्न ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवति र सात दिनसम्मकी सुत्केरी, सिकिस्त विरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेका जस्तैः क्यान्सर, मुटुरोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, छारेरोगी, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्न नहुने प्रमुख बुढाले बताउनुभयो ।

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech