जमुनाह नाकामा १० जनाको एन्टिजेन जाँच, रिपोर्ट नेगेटिभ, गड्डाचौकी र गौरीफन्टामा भेटिए पोजेटिभ

भारतबाट आएका नेपालीहरुमा संक्रमण पुष्टि भएसँगै भारतमा फैलिएको नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ नेपालमा पनि भित्रिएको आशंका गरिएको छ ।


    • स्वास्थ्य पेज

  • १३ चैत्र २०७७, शुक्रबार

नेपालगन्जः भारतमा दोस्रो चरणको कोरोना भाइरस देखिएसँगै नेपालमा पनि भित्रिएको आशंका गरिएको छ। भारतबाट आएका नेपालीहरुमा संक्रमण पुष्टि भएसँगै भारतमा फैलिएको नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ नेपालमा पनि भित्रिएको आशंका गरिएको छ । यद्यपी त्यसको पुष्टि हुन भने बाँकी छ । संक्रमितको ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ ।

भारतको सीमानाकाबाट प्रवेश गरेका व्यक्तिको स्वास्थ्य परीक्षणमा सरकारले कडाई गर्दै चेकजाँच बढाएको छ। नेपालगन्जको जमुनाह नाकामा हिंजो विहीबारसम्म १० जनाको एन्टिजेन परीक्षण गरिएको छ । ति सबैको रिपोर्ट नेगेटिभ आएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । भारतबाट आएका १४ जनामा भने संक्रमण पुष्टि भएको छ ।

उनीहरु‘गड्डाचौकी र गौरीफन्टा नाका भएर स्वदेश फर्किदै थिए । उनीहरुमा हल्का ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका व्यक्तिलाई छुट्टै आइसोलेसनमा राखिएको छ ।

सीमानाकामा चेकजाँचका क्रममा संक्रमण पुष्टि भएका व्यक्तिमा नयाँ भेरियन्ट हो कि होइन भनेर पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘जिन सिक्वेन्सिङ’ को काम गरिने छ ।

कोरोना भाइरस कुन देशबाट आयोरु नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ–मिल्दैनर ? भाइरसमा के-के फरक छ ? भन्ने जानकारीका लागि कोरोना संक्रमितको ‘जिन सिक्वेन्सिङ’ गरिन्छ।

 

  • १३ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech