बर्दियाका कोरोना फोकलपर्सन नरेश श्रेष्ठ ‘कोभिड हिरो’ घोषित

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

नेपालगन्जः कोरोना महामारी नियन्त्रण, निदान र उपचारमा अहोरात्र खटिएका बर्दिया जिल्लाका कोरोना फोकलपर्सन नरेशबाबु श्रेष्ठ कोभिड हिरो घोषणा हुनुभएको छ ।

सुशासनका क्षेत्रमा काम गर्दै आएको एकाउन्टबिलिटी ल्यावले यस बर्ष तीन जनालाई कोभिड हिरोज छान्नेक्रममा स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत समेत रहनुभएका फोकलपर्सन श्रेष्ठ पनि छानिनु भएको हो ।

श्रेष्ठले यसअघि बाँके जिल्लामा हुँदा कोरोना भाइरस नियन्त्रण, निदान, उपचार र समग्र व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नु भएको थियो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको फोकलपर्सनका रुपमा काम गरेर उहाँले कोरोना महामारी विरुद्ध आफ्नो ज्यानको वाजी लगाएर निस्वार्थ भावले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

सुशासनका क्षेत्रमा क्रियाशील एकाउन्टविलिटी ल्यावले सरकारी कर्मचारीमध्ये सुशासन, पारदर्शी र जवाफदेहितामा अव्वल सरकारी कर्मचारीलाई इन्ट्रग्रिटी आइडल घोषणा गर्दै आएको थियो । तर योपालिका भने कोभिड महामारीका कारण कोभिड हिरोज घोषणा गरिएको ल्यावले जनाएको छ ।

नेपालमा कोरोना महामारी फैलिएको समयमा स्वास्थ्य कार्यालय बाँकेका कार्यरत रहेका श्रेष्ठले कोरोना नियन्त्रणमा ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । सुरुमा आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन तथा सूचना संकलन र प्रसारणमा उहाँले बाँकेमा रहेर महत्वपूर्ण योगदान दिनुभयो । उहाँले महामारीका समयका सबै डराइरहेका बेला सबैलाई नआत्तिन र सावधानी अपनाउन हौसला प्रदान गर्नुभयो ।

१ सय ३४ जनालाई पछि पार्दै श्रेष्ठसहित धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय र जलेश्वर अस्पतालका नर्स चण्डिका अधिकारी कोभिड हिरोज घोषित हुनुभएको छ ।

श्रेष्ठले गरेका केही महत्वपूर्ण कामहरु
-चीनमा रोगको प्रकोप बढदै जाँदा २०७६ माघको २३ गते जिल्ला स्तरिय पुर्ब तयारी बैठकको आयोजनागरि सचेतनाका क्रियाकलाप गर्न भूमिका खेलेको ।
-फाल्गुण १७ र १९ गते भेरी अस्पतालमा शंकास्पद ७ जना विरामीको स्वाव संकलन गरि पीसीआर जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य -प्रयोगशालामा पठाउनेदेखि रिपोर्ट ल्याउनेसम्मको व्यवस्थापन गरेको ।
-भिटिएम ल्याउन, स्वाव संकलन गर्न, रिपोर्ट पठाउने र ल्याउनेसम्मको व्यवस्थापन गरेको ।
-लकडाउनका बेला नाकावाट नेपाल भित्रने व्यक्तीहरुलाई सुरक्षा निकाय, स्थानियतह तथा स्वास्थ्य संस्थाहरुसंग समन्वयगरि उनिहरुलाई -क्वारेन्टाईनमा राख्ने र १४ दिनमा आरडिटी जाँचगरि करिव विस हजार ब्यक्तीहरुलाई स्वास्थ्य जाँचदेखि क्वारेन्टिनमा राख्नेसम्मको व्यवस्थापन गरेको ।
-कोभिडको विरामीलाई आइसोलेसनमा पुर्याउन एम्वुलेन्स व्यवस्थापनसम्मको काम गरेको । क्वारेन्टिन व्यवस्थापन, आइसोलेसन स्थापना, संक्रमितको उपचार, सम्पर्क व्यक्तिको यात्रा विवरण, स्वाव संकलनदेखि शव व्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गरेको ।

 

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech