पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार २१७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ५१ हजार ८ सय ८४ पुगेको छ।

गत २४ घण्टामा कोरोना संक्रमितको मृत्यु संख्या शून्य छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ। हाल ५५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech