अनलाइनमार्फत हुने औषधि बिक्री बन्द गर्न सरकारको निर्देशन

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार
काठमाडौं: अनलाइन तथा सामाजिक सञ्जालमार्फत भइरहेको औषधि बिक्री वितरण तत्काल बन्द गर्न सरकारले निर्देशन दिएको छ।

अनलाइन फार्मेसीका नाममा विभिन्न छुट सुविधा उल्लेख गरी गैरकानूनी रूपमा औषधी बिक्री वितरण भएको भन्दै औषधि व्यवस्था विभागले यस्तो निर्देशन दिएको हो।

औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधीको भ्रामक प्रचार गर्न नहुने कानूनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधी बिक्री वितरण बन्द गर्न विभागले सूचना जारी गरेको छ। निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।

विभागमा दर्ता नरहेका अनलाइन फार्मेसीमार्फत् भ्रमात्मक प्रचारप्रसार भएपनि औषधिहरूको सुरक्षित, गुणस्तरीयता तथा प्रभावकारिता सम्बन्धमा सम्बन्धित उपभोक्ता आफैं जिम्मेवार हुनुपर्ने पनि विभागको भनइ छ।

सामाजिक सञ्जाल वा पत्रपत्रिकाहरूमा औषधिहरूको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको समेत विभागले स्पष्ट पारेको छ।

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech