के हो मास हिस्टेरिया ? कसरी गर्ने रोकथाम र उपचार ?(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

हिस्टेरिया मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने अवस्था हो ।

कराउने, चिच्याउने, बेहोस हुने जस्ता समस्याहरु धेरैजसो विद्यालयमा अध्ययनरत किशोरीहरुमा देखिने गरेको हामिले सुन्ने गर्छौ । यस्तो समस्या आएपछि विद्यालय नै बन्द गर्ने, सानै उमेरमा विवाह गर्ने, धामीझाँक्री लगाउने जस्ता परम्परागत उपचार विधिहरुलाई प्राथमिकता दिने गरेको समेत पाइन्छ ।

कतिपय ठाउँमा यस्तो समस्या आए भूतप्रेत रिसायो भन्ने, पूर्वजन्मका पापलगायत विभिन्न परम्परागत आंकल गर्दै आइरहेको पाइन्छ । तर चिकित्सकहरुले भने यस्तो समान्य समस्या भएको बताउँदै आएका छन् । धेरै जना अर्थात मासमा देखिने भएको हुँदा यस्तो समस्यालाई मास हिस्टेरिया पनि भन्ने गरिएको छ भने अहिले कन्भर्जन डिस्अर्डर पनि भन्ने गरिन्छ ।

के हो मास हिस्टेरिया ? कसरी गर्ने रोकथाम र उपचार ? थप जानकारी दिनुहुदै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ डा.ऋत पौडेल

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech