क्षयरोग कसरी लाग्छ ? लक्षण कसरी थाहा पाउने ?(भिडियो सहित)

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

विश्व क्षयरोग दिवसः

क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण के कस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ । दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे÷नलागेको थाहा पाउन सकिन्छ । सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ । हालै सम्पन्न राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले नेपालमा वार्षिक ६९ हजार नयाँ विरामीहरु थपिने गरेको उल्लेख गरेको छ । हालका वर्षमा प्रति बर्ष करिव ३२ हजार हाराहारीमा क्षयरोगका विरामीहरु पत्ता लागि उपचारमा आउने गरेका छन् । क्षयरोगको अवस्था र यस्का लक्षण कसरी थाहा पाउने ?

स्वास्थ्य पेजका लागि स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकलपर्सन मानव नेपालीसँग कुराकानी गर्दै पत्रकार प्रिया स्मृति ढकाल

 

 

 

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech