दैलेखेका एउटा विद्यालयमा एकै पटक तीन सय विद्यार्थी विरामी, बिद्यालय बन्द

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

दैलेखः जिल्लाको नारायण नगरपालिका–५ धिताहस्थित नवदुर्गा आधारभूत विद्यालयका तीन सय बढी विद्यार्थी एकै पटक विरामी परेका छ । उनीहरुमा ज्वरो आउने, रिंगटा लाग्ने, वान्ता हुने, नाकबाट पातलो पानी बग्नेलगायतका लक्षण देखिएको प्रधानाध्यापक घनश्याम रेग्मीले बताउनुभयो । ३ सय २० जना विद्यार्थी अध्ययनरत सो विद्यालयका शिक्षक र अभिभावकमा पनि उस्तै लक्षण देखिएको छ ।

प्रअ रेग्मीका अनुसार गत शुक्रबारदेखि विद्यार्थी बिरामी हुन थालेका हुन् । विद्यार्थी बिरामी परेपछि बुधबारबाट ३ दिनका लागि पठनपाठन बन्द गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार सुरु गरिसकेको जनाएको छ । रोगको अवस्थाबारे भोलि बिहीबार गरिने थप परीक्षणपछि मात्रै पत्ता लाग्ने जिल्ला अस्पतालका डा विवेक गुरुङले बताउनुभयो । ‘

कोरोना संक्रमण फैलिएको आशंकामा भोलि सबै विद्यार्थीको स्वाब संकलन गर्ने तयारी गरिएको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न आवश्यक सबै तयारी भइरहेको हो ।

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech