आलिताल गाउँपालिका-५ बन्यो पूर्ण खोप वडा

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०७७, बुधबार

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका ५ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ। वडामा रहेका १६ देखि २३ महिना मुनिका ३४ बालबालिकाहरूलाई वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरूको सहयोगमा अनमी र अहेबहरूले घरघरमै पुगि पूर्ण खोप लगाइसकेपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरूङले बताउनुभयो ।

खोपको बारेमा विषेशगरी १६ देखि २३ महिना भित्रको बालबालिकाहरूले पूर्ण खोप पाएनन भने विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा आमाहरू पीडीत नै हुने गरेकोले महिलाहरूले यस तर्फ चनाखो हुन जरूरी रहेको अध्यक्ष गुरूङले बताउनुभयो ।

यस अघि गाउँपालिकाको वडा नम्बर ७ लाई पूर्ण खोप वडा घोषणा गरिसकिएको छ। पूर्ण खोप घोषणा गराउनमा सहयोग गर्ने ९ जना आमा समूहका पदाधिकारी महिला स्वास्थ्य स्वयमसेविकाहरू र स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरिएको थियो।

 

  • ११ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech