नेपालमा कोरोना संक्रमितको संख्या झन झन थपिदै

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७७, मंगलवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १ सय २८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ३२ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ४५ हजार ३० पुगेको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १९ पुगेको छ। हाल ४८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ७७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९७ जना पुगेको मन्त्रालयले जनाएको छ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech