हात्तीपाइले विरुद्धको औषधी सेवन सफल बनाउन खजुरा जुट्यो

    • स्वास्थ्य पेज

  • १० चैत्र २०७७, मंगलवार

नेपालगन्जः बाँकेको खजुरा गाउँपालिका हात्तिपाइले विरद्धको आम औषधी सेवनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्ने भएको छ । राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन आभियान सम्बन्धी स्थानीय तहस्तरीय योजना तथा बहुनिकाय गोष्ठीसमेत खजुराको स्वास्थ्य शाखाले आयोजना गरेको छ ।

हात्तिपाइले रोगको संक्रमण दर घटाई जनस्वास्थ्य समस्याबाट हटाउन औषधी सेवन गर्न मिल्ने सबैलाई औषधी सेवन गराउनका लागि खजुराले प्रयास थालेको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले  जानकारी दिनुभयो ।

बाँकेमा २०६७/०६८ देखि हात्तिपाइले विरुद्धको औषधी सेवन शुरु गरिएको भए पनि लक्ष्यमा पुग्न नसकेकाले आम मानिसलाई औषधी सेवन गराएर संक्रमण दर १ प्रतिशतभन्दा कम गर्ने नेपाल सरकारको राष्ट्रिय लक्ष्य अनुसार सन् २०२६ सम्म औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका हात्तिपाइले रोगविरुद्धका फोकल पर्सन रतनलाल शर्माले जानकारी दिनुभयो ।

औषधी सेवन मात्र हात्तिपाइले रोगको निवारण रहेकाले सबैले ढुक्क भएर औषधी खान खजुराका जनप्रतिनिधिले आव्हान गरेका छन् । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमले खजुराका सबै सरोकारवाला निकायले यो अभियानमा सहकार्य गर्न आव्हान गर्नुभएको हो । आगामी चैत २० गतेदेखि औषधी सेवन शुरु हुनेछ ।

  • १० चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech