कोरोना संक्रमितको संख्या फेरि बढ्न थाल्यो

    • स्वास्थ्य पेज

  • ९ चैत्र २०७७, सोमबार

काठमाडौः पछिल्लो २४ घण्टामा नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ९९ जना निको भएर फर्किएको छन् योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech