गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका एकजनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गड्डाचौकी नाकामा एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिनुभयो ।

बैतडीको दोगडाकेदार गाउँपालिका निवासी उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको डा अवस्थीले बताउनुभयो। कोरोना पुष्टि भए पनि नयाँ भाइरस भए नभएको परीक्षणपछि मात्रै थाहा हुने डा अवस्थीले बताउनुभयो ।

यसअघि निर्माण भएका आइसोलेशन बन्द भइसकेको अवस्थामा उनलाई कहाँ राख्ने भन्ने अन्यौल देखिएको छ। भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल आउनेको संख्या बढेको छ। योसँगै कोरोना संक्रमित फेला परे कहाँ राख्नेभन्ने अन्यौलता बढेको छ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech