तीन स्वास्थ्य प्रतिष्ठानमा उपकूलपतिका लागि उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिका आवेदकमध्ये पहिलो सूची प्राकाशित गरेको छ।

प्राम्भिक सूचीमा कर्णालीमा १३, पोखरा र पाटनमा ९र९ जना गरी ३१ जनाको नाम सार्वजनिक गरिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुपतिको लागि २१ जनाको आवेदन गरेको थियो। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य प्रतिष्ठानमा १२–१२ आवेदन परेको थियो।

योग्यता, अनभव तथा व्यवसायिक कार्य योजनासमेतको प्रारम्भिक छानविनका आधारमा नामावली सिफारिस गर्नका लागि प्रारम्भिक सूची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ।

काठमाडौंः कर्णाली प्रतिष्ठानको लागि डा प्रविण कुमार गिरी, डा राजीव शाह, डा मंगल रावल, डा पुजन, कुमार रोकाया, डा निरेश थापा, डा तरूण पौडेल, डा। हरिहर देवकोटा, डा राजेन्द्रराज वाग्ले, डा गेहनाथ बराल, डा सुनिल बुढाथोकी, डा सूर्यमान मेन्यङवो, डा रमेश बहादुर राना र डा केशव प्रसाद सिंहको मन्त्रालयले प्रारम्भिक सूची नाम प्रकाशित गरेको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा श्रीकृष्ण श्रेष्ठ, डा ढुकु बहादुर श्रेत्री, डा विदुर बहादुर अल्ली, डा प्रल्हाद कार्की, डा सुरेन्द्र शेरचन र डा ध्रुव बहादुर अधिकारी, डा भरत बहादुर लवी, डा गिरीधरी शर्मा पगेनी र डा सरोज शर्माको प्रारम्भिक सुची प्रकाशित भएको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा बुलन्द्र थापा, डा प्रल्हाद कार्की, डा अनिल कुमार मिश्र, डा गेहनाथ बराल, डा पारस कुमार आचार्य, डा राजेश नाथ गंगोल, डा दान बहादुर कार्की, डा हेमराज ओझा र डा केशव प्रसाद सिंहको नाम प्रारम्भिक सूचीमा प्रकाशित भएको छ।

उपकुलपति नियुक्तिको लागि स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधि अनुसार मान्यता प्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, कम्तिमा प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तिमा एघारौँ तह वा सो सरह काम गरेको व्यक्तिले उपकुलपतिको लागि आवेदन दिन सक्नेछन ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech