छिमेकी देशमा कोरोना बढ्दै गएकाले सचेत रहन सरकारको आग्रह

नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भिडभाड हुने कार्य नगर्न आग्रह गरिएको छ।


    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत केही दिनयता छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको हुँदा सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा नेपालमा संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक तथा भिडभाड हुने कार्य नगर्न आग्रह गरिएको छ।

साथै मन्त्रालयले सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग, सेनिटाइजरको प्रयोग लगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech