नेपालमा अव ९ सय ६९ जनामात्रै सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ७७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ६९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ७७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३६ हजार ५ सय २६ पुगेको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ४८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय ६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ पुगेको मन्त्रालयले जनाएको छ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech