काँग्रेस नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा अस्पतालमा

    • स्वास्थ्य पेज

  • ८ चैत्र २०७७, आईतवार

काठमाडौंः मस्तिस्कघात भएर उपचाररत कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे पार्टी सभापति शेरबहादुर देउवा अस्पताल पुगेर जानकारी लिनुभएको छ ।

फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यवस्था बुझ्न सभापति देउवा शनिबार साँझ अस्पताल पुग्नुभएको थियो।

सभापति देउवाले नेता जोशीकी धर्मपत्‍नी र परिवारका सदस्यलाई भेटेर धैर्य गर्न र नआत्तिन आग्रह गर्नुभएको थियो । जोशी चाँडै निको हुने विश्‍वास व्यक्त गर्दै सभापति देउवाले शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

जोशीको स्वास्थ्य अवस्था बुझ्‍न सभापति देउवासहित पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलगायत अस्पताल पुग्नुभएको थियो ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech