शनिबार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८२ जना निको भए

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

काठमाडौं: देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ६३७ जनाको नमुना परीक्षण गर्दा उनिहरुमा कोभिड संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

शनिबार संक्रमण मुक्त भएर ८२ जना डिस्चार्ज भएका छन् । योसँगै कोभिड संक्रमण मुक्त हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ८१५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।

देशभर हालसम्म कोरोना संक्रमणका कारण ३ हजार १६ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ९९८ जना कोभिडका सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech