खोप खरिद गर्न विश्व बैंकले आठ अर्ब सहयोग गर्ने

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

काठमाडौंः विश्व बैंकले कोरोना खोप खरिदका लागि नेपाललाई आठ अव सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । ७० प्रतिशतभन्दा बढी नेपालीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले यो सहयोग प्राप्त हुन लागेको बताइएको छ ।

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका लागि सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech