कोरोनाको तेस्रो लहरः फ्रान्स र पोल्याण्डमा फेरि लकडाउन

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

एजेन्सीः फ्रान्स र पोल्याण्डमा फेरि आंशिक रुपमा लकडाउन लागु भएको छ । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आंशिक लकडाउन लागु गरिएको हो ।

राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लकडाउन लागु भएको हो । यसबाट दुई करोड १० लाख मानिस प्रभावित भएका छन् ।

पोल्याण्डमा पसल, होटल तथा खेलकुद र साँस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्रहरु प्रभावित भएका छन् । तीन हप्तासम्म पोल्याण्डभर लकडाउन लागु हुनेछ ।

जर्मनीमा पनि संक्रमण तीव्र गतिमा बढिरहेको छ । चान्सलर एङ्गेला मर्केलले पुनः लकडाउन लगाउनु पर्ने अवस्था आउन सक्ने बताउनुभएकोछ ।

युरोपमा खोपको आपूर्तिमा भएको ढिलाई तथा केही देशमा खोपको साइडइफेक्टलाई लिएर खोप अभियान प्रभावित भएको छ ।

 

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech