स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जन झापामा, स्पाइन सर्जरीबारे सिक्दै र सिकाउँदै

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

झापाः पूर्वी नेपालभरिका स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, न्युरो सर्जनहरु झापामा भेला भएका छन् । कनकाई हस्पिटल बिर्तामोड र एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको (एएसएसएन)को संयुक्त आयोजनामा आयोजित कार्यशालाका लागि उनीहरु झापामा भेला भएका हुन् ।

बिर्तामोडको सिद्धार्थ होटलमा शुक्रबार साँझ स्पाइन सर्जनहरुको सम्मेलनको उद्घाटन भएको थियो र आज शनिवार मेची क्राउन प्लाजामा कार्यशाला भइरहेको छ । मेरुदण्डको समस्या र उपचारका क्षेत्रमा आएका नविन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिन तथा युवा अर्थोपेडिक तथा न्युरो सर्जनहरुलाई दक्ष स्पाइन सर्जन बनाउने प्रशिक्षण प्रदान गर्न कार्यशालाको आयोजना गरिएको एएसएसएनका केन्द्रीय सदस्य वरिष्ठ स्पाइन सर्जन डा प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

विभिन्न फरक विशेषज्ञता हासिल गरेका स्पाइन सर्जनहरुको जमघट भएको कार्यशालामा गर्धनको मेरुदण्डको चोट, ढाड, कम्मरको मेरुदण्डको चोटपटकको उपचारलगायतका स्पाइनका विभिन्न समस्यामै केन्द्रित रहेर छलफल तथा प्यानल डिस्कसनहरु भइरहेको बताइएको छ । स्पाइनका शल्यक्रियामा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल केन्द्रीत छ ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech