भेरी अस्पतालबाट ९ जनाले एमडी पूरा गर्दै, डा पाण्डे तोकिए संयोजक

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७७, शनिबार

नेपालगन्जः गएको वर्ष चीनमा फैलिएको कोरोना भाइरस महामारीका कारण एमडी पूरा नगरी नेपाल फर्किएका ९ जनाले भेरी अस्पताल नेपालगन्जबाट एमडी पूरा गर्ने भएका छन्।

लकडाउनका कारण उनीहरुले एमडी तेस्रो वर्षको कोर्ष पूरा नगरेरै नेपाल आएका थिए । त्यसपछि उनीहरु चीन फर्किन पाएका थिएनन् । नेपाल मेडिकल काउन्सिलले एमडीको बाँकी कोर्ष नेपालबाटै गर्ने अनुमति दिएपछि उनीहरु मध्ये ९ जनाले भेरीबाट एमडी पूरा गर्न लागेको यस्को संयोजनको जिम्मेवारी पाउनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले जानकारी दिनुभयो । उहाँकै नेतृत्वमा उनीहरुको अध्ययन सुरु भएको छ ।

‘एमडी थर्डएअरको बाँकी ६-७ महिनाको कोर्ष उहाँहरुले यहीबाट गर्नु हुनेछ संयोजक डा पाण्डेले भन्नुभयो–‘त्यसका लागि विषयविज्ञता हासिल गरेका भेरीकै थप पाँचजना चिकित्सकले उनीहरुलाई गाइड गर्नु हुनेछ ।’ संयोजक डा पाण्डेको अन्डरमा २, छाला रोग विशेषज्ञ डा बद्री चापागाई र रेडियोलोजी डा वीरेन्द्रबहादुर चन्दको अन्डरमा २–२ जना, गाइनोलोजिष्ट डा कल्पना थापा, फिजिसियन डा निर्मल शाक्य र बरिष्ठ सर्जन डा रुपानन्द अधिकारीको अन्डरमा १–१ जना विद्यार्थीले एमडी पूरा गर्नेछन् ।

तर यस्को समग्र व्यवस्थापनको जिम्मेवारी भने डा पाण्डेले गर्नु हुनेछ । बरिष्ठ चिकित्सक र सयबेड माथि भएका अस्पतालबाट एमडीको बाँकी कोर्ष पूरा गर्न सकिने नेपाल मेडिकल काउन्सिलले भनेको छ । त्यसमा भेरी अस्पताल पनि परेको हो ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech