फ्रान्समा कोरोनाको तेस्रो लहरः फेरि एक महिना लकडाउन

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७७, शुक्रबार

एजेन्सीः फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएको छ । तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा भएको छ।

पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ। फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्।

फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्। प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएका छन्। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको बताउनुभयो ।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ। सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्को ठाउमा जान पाउने छैनन्। कोरोना भाइरसको खोप लगाउनमा ढिलाई गरेको भन्दै फ्रान्समा सरकारको आलोचना भइरहेको छ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech