आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारीः ईएमए

    • स्वास्थ्य पेज

  • ६ चैत्र २०७७, शुक्रबार

नेपालगन्जः युरोपेली युनियनको औषधि नियामक निकाय ईएमएले कोभिड–१९ विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ।

केही मुलुकहरुले रगत जम्ने समस्या देखिएको भन्दै यो खोपमा अस्थाई प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट खोपले कुनै हानी नगर्ने निष्कर्ष निकालिएको हो।

ईएमएले अक्सफर्ड–आस्ट्राजेनेका खोपका कारण रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहने बताएको हो।

सम्भावित आशंकाबारे थप अध्ययन र अनुसन्धान जारी नै रहने ईएमएले भनेको छ।

यो खोप सुरक्षित तथा प्रभावकारी रहनुका साथै फाइदा धेरै र जोखिम निकै कम रहेको ईएमएले जनाएको छ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउने र यो सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हुने बताउनुभयो ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech