स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा म्याद गुज्रिनै लागेका औषधी पुग्छन्-एक अध्ययन

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७७, बिहीबार

काठमाडौं: स्थानीय तहका सरकारी स्वास्थ्य संस्थामा सरकारले निशुल्क वितरण गर्ने औषधिहरु म्याद गुज्रिन ३ महिना मात्र बाँकी रहदा पुग्ने गरेको एक अध्ययनले देखाएको छ।

बिहीबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको एक अध्ययनले उक्त कुरा देखाएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मार्केटिङ एसिस्मेन्ट अफ हेल्थ केयर सर्भिस, क्वालिटी एण्ड प्राइज अफ मेडिसिन एण्ड किस्ट नामक अध्ययन सार्वजनिक गरेको हो ।

अध्ययन काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश नम्बर २ का १० वटा जिल्लाका अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, कम्युनिटी हेल्थ सेन्टर लगायतका स्वास्थ्यसंस्थामा गरिएको थियो ।

१५ प्रतिशत संस्थाले ३ महिनाभन्दा कम अवधिको म्याद रहेको औषधि आउने गरेको बताएको र ४५ प्रतिशत संस्थाले ३ महिनाभन्दा बढी अवधि म्याद भएको औषधि आउने गरेको बताएको उक्त अध्ययनमा भनिएको छ ।

अध्ययनका क्रममा औषधि प्रयोग गर्ने बिरामीलाई औषधिको म्याद गुज्रिने समयसिमा बारे जानकारी नै नभएको समेत भेटिएको छ। अध्ययनका क्रममा कतिपय स्वास्थ्यसंस्थामा सरकारले दिने भनेको निशुल्क औषधि समेत नहुँदा बाहिरबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेको पाइएको छ।

अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै अध्ययनकर्ताहरुले सरकारले निशुल्क औषधि वितरण गर्दा समयमै खरिद गरि वितरण गर्दा औषधिको म्याद गुज्रिएर खेर जाने सम्भावना कम हुने सुझाव समेत दिएका छन्।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech