देशभर कोभिडका सक्रिय संक्रमित अब एक हजार जना

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७७, बिहीबार

काठमाडौं:देशभर कोरोना भाइरस संक्रमण पुष्टि भएका एक हजार सक्रिय संक्रमित स्वास्थ्य लाभ गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म( बिहीबार दिउँसोसम्म) कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ ।

संक्रमणबाट हालसम्म २ लाख ७१ हजार ६१० जना निको भैसकेका छन् । बिहीबार कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएसँगै हालसम्म कोभिडका कारण नेपालमा ज्यान गुमाउनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech