कस्तो अवस्थामा नवजात शिशुमा जन्डिस देखिदा असामान्य मान्ने ?

    • स्वास्थ्य पेज

  • ५ चैत्र २०७७, बिहीबार

केहि नवजात शिशुलाई जन्मजात वा जन्मेको केहि समयपछि जन्डिस देखिने गर्छ । शिशु जन्मिएको ४८ घण्टा पछि जन्डिस देखिनु स्वाभाबिक हो । यसलाई मेडिकलको भाषामा ‘फिजीयोलोजीकल’ पनि भनिन्छ ।

जन्डिस आँखाको नानी छेउमा रहेको सेतो भागमा देखिन्छ । जन्डिस भएको शिशुको आँखाको सेतो भाग पहेलो हुन्छ । शिशु जन्मिएको ४८ घण्टापछि जन्डिस देखियो भने आत्तिनु पर्दैन । ९० देखि ९५ प्रतिशत नवजात शिशुहरुमा यस्तो जन्डिस देखापर्छ ।

यो ७ देखि १३ दिनको बिचमा आफै निको हुन्छ । १३ दिनपछि पनि जन्डिस निको भएन भने चिकित्सकसँग परामर्श लिनु पर्छ । तर शिशु जन्मदै जन्डिस भएको छ भने त्यसलाई राम्रो मानिदैन । शिशु जन्मदै जन्डिस भएमा चिकित्सकलाईं देखाउनु पर्छ ।

किन हुन्छ नवजात शिशुलाई जन्डिस ?

नवजात शिशुमा जन्डिस हुने बिभिन्न कारणहरु छन् ।

नवजात शिशुको कलेजो पुर्ण रुपले बिकसित भएको हुदैन । त्यसकारण जन्डिस देखा पर्छ ।

नवजात शिशुको रक्त सञ्चार बयस्कको जस्तो पुर्ण रुपमा भएको हुदैन । त्यस कारण जन्डिस हुन्छ ।

विकशीत हुदै गरेको कलेजोले पनि पुर्णरुपमा काम गर्न समय लाग्ने भएको हुँदा जन्डिस देखा पर्छ ।

बिलिरुबिनको मात्र बढी भएर (गर्भाबस्थामा रगत टुक्रिएर नयाँ रगत बन्ने प्रकृया विकाश नहुदा) पनि जन्डिस देखापर्छ ।

उपचार 

नवजात शिशुलाई बिहानको घाममा दैनिक आधा घण्टा राख्दा फाईदा हुन्छ ।

जण्डिस भएमा आत्तिएर उपचार गराउनु पर्दैन । यो आफै निको हुन्छ । तर जन्डिसको मात्र धेरै देखियो भने अस्पताल गएर फोटो थेरापी गराउनु पर्छ । यसले जन्डिसको मात्रालाई कम गर्छ ।

नवजात शिशुको आमाले अरुबेला भन्दा झोल, माछा, मासु,अण्डा जस्ता पौष्टिक तत्वहरु धेरै खानु पर्छ ।

डाक्टरलाई कति बेला देखाउने ?

शिशु जन्मेको १३ दिन पछि पनि जन्डिस निको नभएमा

शिशु जन्मेको ४८ घण्टा अगाडि जन्डिस देखिएमा

जन्मदै जन्डिस देखिएका

बच्चाले दुध नखाएमा

पिसाब तथा दिशा धेरै पहेलो गरेमा

  • ५ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech