काँग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार चल्दै

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

नेपालगन्जः मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताउनुभयो । राजुराज जोशीले भन्नुभयो–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत हो । उहाँको अहिले पनि भेन्टिलेरटमा नै राखेर उपचार भइरहेको छ ।’

नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था भने जटिल छ । उहाँका सहयोगी पुष्कर पाण्डेले जोशीको स्वास्थ्य गम्भीर रहेको तर बाहिर हल्ला आए जस्तो नभएको बताउनुभयो । जोशीको मस्तिष्क समस्या भएको, प्रेसर लो भएको तथा फोक्सो र मुटुको चाल अहिलेसम्म स्थिर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाले बताउनु भएको छ ।

गएको फागुन १४ गतेदेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उहाँले अवस्थाबारे जानकारी दिन अस्पतालले आज दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech