‘डायबिटीज’ का बिरामीले गर्नुहुँदैन यस्ता गल्ती!

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

डायबिटीजले हाम्रो टाउकोदेखि खुट्टासम्म थुप्रै अंगमा असर गर्छ। रगतमा चिनिको मात्रा बढ्दा त्यसलाई फिल्टर गर्न मिर्गोलालाई गाह्रो हुनेगर्छ।

बिस्तारै यसको अत्याधिक दबाबका कारण मिर्गौलामा क्षति पुग्न थाल्छ। जब पिसावमा प्रोटिनको मात्रा बढ्न थाल्छ तब अवस्था नाजुक बन्दै जान्छ।

यस्तो अवस्थामा मिर्गौला बिग्रीने हुन्छ। त्यसैले डायबिटीजका बिरामीले मिर्गौलालाई सुरक्षित राख्न केही कुरामा ध्यान दिनुपर्छ।

हाइ ब्लड सुगरबाट जोगिन खानपानमा ध्यान दिनुपर्छ। यस्ता बिरामीले अधिक चिनि, अधिक नुन र बढी क्यालोरी भएका खानाबाट टाढा रहनु पर्छ।

आहारमा ताजा फल, सागपातलाई शामिल गर्नुपर्छ। धुमपानले हाम्रो फोक्सो र मिर्गौलामा असर गरिरहेको हुन्छ। धुमपान गर्दा डायबिटीजका बिरामीको स्वास्थ्यमा धेरै नकरात्मक असर पर्छ। यो असर चाडो फैलिन्छ। र, यसले मिर्गौलामा असर गर्छ।

नियमित रूपमा ब्लड सुगरको लेवल जाँच गरिराख्नुपर्छ। चिकित्सकको सल्लाह अनुसार औषधी पनि सेवन गर्नुपर्छ। खानपान र व्यायममा नियमित ध्यान दिनुपर्छ। यसो गरे डायबिटीजका बिरामीले ब्लड प्रेशरलाई नियन्त्रणमा राख्नसक्छन्।

डायबिटीजका बिरामीले नियमित व्यायम गर्नुपर्छ। यसले मिर्गौलालाई स्वस्थ राख्छ। दौड्नु, छिटो-छिटो हिड्नु, साइकल चलाउनु जस्ता व्यायम डायबिटीजका बिरामीका लागि फाइदाजनक हुन्छ।

प्रत्यक दिन ३० मिनेट व्यायम गर्दा सुगरको मात्रा नियन्त्रणमा हुन्छ। र, यसले मिर्गौला बिग्रिन दिँदैन।

यस्तै चिकित्सको परामर्शमा औषधीको सेवन थालिएको भए नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। एक दिन मात्रै औषधी सेवन छुट्यो भने त्यसले शरीरमा नकरात्मक असर पार्नसक्छ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech