लुम्विनी प्रदेशका चार जिल्लामा कोरोना संक्रमण दर शुन्य

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०७७, बुधबार

नेपालगन्जः लुम्विनी प्रदेशका चार जिल्लामा कोरोना संक्रमण दर शुन्य भएको छ । अन्य जिल्लामा पनि संक्रमण दर घट्दै गएको छ । प्रदेशका १२ जिल्लामध्ये चारवटा जिल्लामा कोरोना भाइरस संक्रमण दर शुन्यमा झरिसकेको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।

पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुमपूर्व हाल संक्रमण शुन्य जिल्लाहरु हुन् । सुरुवाती समयमा कोरोना भाइरस संक्रमणका हिसाबले ‘रेड जोन’मा परेको लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको तथ्यांकले देखाएको छ ।

सुरुवाती समयमा ठूलो संख्यामा संक्रमित रहेको लुम्बिनी प्रदेशमा अहिले भने सक्रिय संक्रमितको संख्या १ सय १७ मात्र रहेको छ । संक्रमण पुष्टी हुने दरमा समेत निकै कमी आउन थालेको मन्त्रालयले जनाएको छ । प्रदेश मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीमा सबैभन्दा बढी ३८ जना सक्रिय संक्रमित छन् ।

त्यसैगरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलवस्तु र नवलपरासीमा ५–५ जना र प्युठानमा एक जना सक्रिय संक्रमित छन् । प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७ हजार ४ सय ७५ रहेको छ । जसमा २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ ।

  • ४ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech