नेपालमा फेरि कोरोना संक्रमितको संख्या तीन अंकमा पुग्यो

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

नेपालगन्जः केही दिन देखि दुई अंकमा सीमित कोरोना संक्रमितको संख्या फेरि तीन अंकमा पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ११४ जना कोरोनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७९० जनामा गरिएको पिसिआर परीक्षणमा ११४ मा संक्रमण देखिएको हो।

हालसम्म २२ लाख २१ हजार ५१२ जनामा गरिएको पिसिआर परीक्षणमा २ लाख ७५ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ।आज ९४ जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन्। निको हुनेको संख्या हालसम्म २ लाख ७१ हजार ४९५ पुगेको छ।

आज देशभर ९१५ सजना सक्रिय संक्रमित छन् भने ५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech