कानुन अनुसार नै सम्बन्धन माग गरिएको होः प्रसाई

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

काठमाडौंः बिएन्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले कानुन अनुसार नै सम्बन्धन माग गरिएको दावी गर्नुभएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा झापास्थित प्रस्ताबित बिएन्डसी कलेजका संचालक प्रसाईले चिकित्सा शिक्षा ऐेन अनुसार नै सम्बन्धन पाउन माग गरिएको दावी गर्नुभएको हो ।

उहाँले चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार नै सम्बन्धनको माग गरिएको जानकारी दिनुभयो । प्रसाईंले आफ्नो कलेजले ऐन आउनुभन्दा अघि नै मनासय पत्र लिएको र मापदण्ड समेत पुरा गरिसकेको दाबी गर्दै नियमअनुसार आफ्नो कलेजले सम्बन्धन पाउनु पर्ने बताउनुभयो ।

तर आयोगले बिएन्डसीको हकमा धेरै प्रक्रिया पुरा गर्न बाँकी रहेको बताएको छ। आयोगले बिएन्डसीको मनासयपत्र नविकरण नभएको र अन्य कागजपत्रका विषयमा अध्ययन भइरहेको जनाएको छ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech