थप कोभिड खोप आएपछि मात्र ५५ वर्ष माथिकालाई खोप दिने सरकारको तयारी

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरुका लागि खोप कार्यक्रम संचालन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले खोप कार्यक्रमको विषयमा जानकारी दिँदै सरकारले हरेक नेपालीलाई छिटो खोप दिने लक्ष्य लिएपनि खोपको आपुर्ति कम भएको बताउनुभयो ।

उहाँले खोप आउने वित्तिकै दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिहरुका लागि खोप अभियान संचालन गर्ने जानकारी दिनुभयो । उहाँले खोप किन्न सरकारसँग बजेट भएको र किन्ने प्रक्रिया पनि अघि बढिसकेको बताउनुभयो ।

नेपालमा हालसम्म ५ प्रतिशत जनसंख्यालाई खोप दिन सफल भएको पनि उहाँले बताउनुभयो। नेपालमा हालसम्म १६ लाख ५ हजार ७०६ जनालाई खोप लगाइएको छ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech