स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्न अब छुट्टै निकाय 

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

काठमाडौं: स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्न अब छुट्टै निकाय बन्ने भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई पनि तीव्रता दिएको छ ।

प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गठन प्रक्रियालाई तीव्रता दिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रत्यायण गठन गर्ने उल्लेख थियो ।

मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार अहिले विज्ञ टोलीले प्राधिकरण स्थापना तथा सञ्चालनका सम्बन्धी कार्यविधि तथा ऐनका लागि मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ ।

सम्भवत १५ देखि २० दिनमा यो कार्य सकिने उहाँको भनाइ छ । अन्तिमतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको भन्दै अवधारणापत्र तयार गर्नका लागि भन्दै विज्ञहरुसंग सुझाव मागेको थियो ।

प्राधिकरणले स्वास्थ्य संस्थाको स्तरीकरण, स्वास्थ्य सेवाको वर्गीकरण, सोहीअनुसार सेवाको सुनिश्चितता गर्ने र शुल्क निर्धारण गर्नेलगायतका कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने कार्य गर्ने बस्नेतले बताउनु भयो।

अहिलेसम्म स्वास्थ्य संस्थाको स्तरीकरण, सेवाको वर्गीकरण गर्ने, सेवाको सुनिश्चितता गर्नेलगायतका कामहरु गर्ने छुट्टै कुनै निकाय छैन् । प्राधिकरण आइसकेपछि यी सबै कामहरु सहज ढंगले अघि बढने बताइएको छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech