गर्भको शिशुको लिङ्ग कसरी निर्धारण हुन्छ ?

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

सामान्यतया, हरेक विवाहित जोडि (पुरुष तथा महिला) सन्तान जन्माउन चाहन्छन् । त्यसैले उनीहरूले गर्भ कसरी रहन्छ भन्ने बुझ्न ज्यादै महत्वपुर्ण हुन्छ । गर्भधारण भनेकोे एउटा शिशुको जीवनको शुरुवात हो । पुरुषको शुक्रकीट र महिलाको डिम्वको मिलन भएपछि गर्भधारण हुन्छ । शुक्रकिट र डिम्वको मिलन भएपछि भुण्रको विकास हुन्छ । त्यो पाठेघरको भित्री तहमा टाँसिएर बस्छ अनि विस्तार शिशुको रुपमा विकसित हुदै जान्छ ।

हरेक अभिभाबकले किशोरावस्थाका छोराछोरीलाई उनीहरूको विवाह हुनु भन्दा पहिले गर्भधारणका बारेमा सिकाउने वातावरण सृजना गर्नु महत्वपुर्ण छ । यसबाट उनीहरूमा कुनै चुनैतीपुर्ण परिस्थिति आइपरेमा आफ्नो स्याहार आफैले गर्न सक्ने विश्वास वढ्छ ।

सामान्यतय किशोरावस्था सुरु भएपछि अर्थात १० वर्ष पुगेपछि महिनावारी शुरु हुन्छ । तर महिनावारी भए पनि २० वर्ष नपुग्दासम्म किशोरीको प्रजनन अङ्ग तथा शरीर शारीरिक, मानसिक र भावनात्मक रुपमा आमा बन्ने परिपक्वता भएको हदैँन । पुरुषहरुले पनि कम्तीमा २० वर्षपछि मात्र विवाह गरे भने भविष्यमा एउटा असल पिता बन्न सक्छन । किनभने यो उमेरसम्ममा पुरुषले आफुलाई भावनात्मक तथा आर्थिक रुपमा सबल बनाएर आफ्ना श्रीमती तथा सन्तानका राम्रो हेरचाह गर्न सक्षम हुन्छन ।

विवाह २० बर्ष नाघेपछि गर्नु उपयुक्त हुन्छ । यदि २० वर्ष नपुग्दै विवाह भएमा त्यस्ता दम्पत्तीले २० वर्ष नपुग्दासम्म बच्चा जन्माउन हुदैन । वास्तवमा, बच्चा जन्माउन शुरु गर्नु भन्दा पहिला श्रीमान श्रीमतीले एकअर्कोलाइ राम्ररी चिन्न र बुझ्नु समय पाएको खण्डमा उनीहरूको वैवाहिक जीवन निकै सफल हुन्छ ।

गर्भधारण ढिला गर्न गर्भ रोकथामको उपाय अथवा गर्भ निरोधका प्रभावकारी साधनहरू प्रशस्त मात्रामा उपलव्ध छन् । नव दम्पत्तिहरूले गर्भधारणबारे सल्लाह र परामर्शका लागि कहाँ जानु पर्छ भन्ने जानकारी महिला स्वास्थ्य स्वयमसेविकाबाट प्राप्त गर्न सक्छन । नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य केन्द्रवाट पनि जानकारी तथा परिवार नियाजन परामर्श तथा सेवा प्राप्त गर्न सकिन्छ ।

किशोरावस्थामा गर्भ रहेमा वा बच्चा जन्माउँदा गर्भवती आमा तथा शिशुको स्वास्थ्यमा नकारारात्मक असर पर्नुका साथै जटिलताको सम्भावना बढी हुन्छ र ज्यान पनि जोखिममा पर्न सक्छ ।

गर्भको भुण्रको लिङ्ग निर्धारण कसरी हुन्छ ? 

नेपाली समाजमा प्राय सबै दम्पत्तीले कम्तीमा एउटा छोरा जन्माउन चाहन्छन । साथै गर्भको शिशु छोरा अथवा छोरी हुने कुरा आमामा भरपर्छ भन्ने आम विश्वास रहेको पाइन्छ । यो विल्कुल सत्य होइन । छोरा वा छोरी जन्मिनुलाई महिलालाई लगाउनु सर्वथा गलत हो । यथार्थमा पुरुषको शुक्रकीटमा भएको बंशाणुले नै गर्भको भुण्रको लिङ्ग (छोरा वा छोरी) निर्धारण गर्छ । यदि श्रीमान र श्रीमती दुवैले विवाह गर्ने उपयुक्त उमेर कति हो, गर्भधारण कसरी हुन्छ, गर्भनिरोध कसरी गर्न सकिन्छ र शिशुको लिङ्ग निर्धारण कसरी हून्छ आदि महत्वपुर्ण कुराहरू बुझेको खण्डमा उनीहरूको वैवाहिक जीवन निकै सुखी हुन्छन् ।

त्यसै गरेर, कुनै दम्पत्तीको सन्तान भएन भने श्रीमानको कारणले अथवा श्रीमतीको कारणले वा दुबैको कारणले सन्तान नभएको हुन सक्छ । यदि कुनै दम्पतीले वच्चा जन्माउने उदेश्यले नियमित रुपमा यौनसम्पक गरेर पनि एक वर्षसम्म पनि सन्तान भएन भने उनीहरूले श्रीमान वा श्रीमती कस्को कारणले सन्तान नभएको भन्ने यकीन गर्न र समस्याको हल गर्न शारीरिक जाँच तथा उपचार गराउनुपर्छ ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech