खोप लगाएपछि राष्ट्रपति भन्नुहुन्छ-‘धेरै चरणको परीक्षण भएकाले ढुक्क भएर लगाउनुहोस्’

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्धको खोप लगाउनुभएको छ । खोप लगाउन उहाँ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुग्नुभएको थियो । कोरोना खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानु पर्ने भएकाले खोप लगाएको बताउनुभयो ।

उहाँले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल गर्नुभयो । नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएको भन्दै उहाँले भन्नुभयो-‘धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्छु ।’

नेपालमा कोरोना खोप अभियान १४ माघबाट सुरु भएको थियो र आइतबार साँझसम्म अहिलेसम्म १५ लाख ५० हजारले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech