कोरोना भाइरस विरुद्धको खोप ल्याउन निजी क्षेत्रलाईपनि बाटो खुला

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

काठमाडौं: अब निजी क्षेत्रले पनि कोरोना भाइरस विरुद्धको खोप ल्याउन पाउने भएका छन् । खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्नका लागि भन्दै औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको हो।

विभागले सोमबार एक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक जो कोही उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता–२०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन दिन आग्रह गरेको छ।

कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण सहित अन्तिम मूल्य खुलाउनुपर्ने विभागले जनाएको छ।
विभागले जारी गरेको सूचना

 

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech