काठमाडौं: नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र परीक्षा यही चैत्र १३ गते हुनेभएको छ ।
काउन्सिलले एक सूचना जारी गर्दै ३४ विषयको दर्ता प्रमाणपत्रको लागि परीक्षा हुन लागेको जनाएको हो ।
परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस, सुचना तथा संचार प्रविधि केन्द्र पुलचोक ललितपुरमा हुने काउन्सिलको सूचनामा उल्लेख छ ।